२२ घण्टापछि सकुशल भक्तपुरमा उद्धार गरेका एक ४ महिने बालकको विश्व्व्यापी चर्चा

फोटो :एजेन्सी
एजेन्सी : शनिबार गएको भूकम्पले बालकदेखि वृद्धवृद्धासम्म कसैलार्इ बाँकी राखेन । कतै सुतेकै ठाउँमा आमा छोरीले ज्यान गुमाए त कतै सिंगो परिवारै सखाप भयो ।
७.९ म्याग्निच्यूटको भूकम्पले घर पुरिँदा अहिलेसम्म ६ हजार बढीले ज्यान गुमाएका छन् । उद्धारकर्मीले भूकम्पमा पुरिएका ८ सय जनालार्इ त जीवितै उद्धार गरेको छ ।
सेना र प्रहरीको टोलीले ६ दिनसम्म जीवितै रहेकाहरुलार्इ समेत उद्धार गरेर जीवनदान दिन सफल भएका छन् । उद्धारले तीब्रता नपाउँदा जीवनको भिख मागिरहेका कतिपयले भग्नावशेषमै प्राण त्यागे ।
भूकम्पले पुरिएकाहरुको उद्धारमा खटिएको नेपाली सेनाले भक्तपुरमा उद्धार गरेका एक बालकले अहिले विश्व्व्यापी चर्चा पाएका छन् ।
छोरो घरमा पुरिएर रोइरहेको सुनेर उनकी आमा रस्मिला कस्तो पींडाबाट गुज्रिइन् ? त्यो पींडा कल्पना पनि गर्न सकिन्न । उनले घरमा पुरिएको छोराको रक्षा गर्न भन्दै अश्रुमिश्रित स्वरमा भगवानसँग प्राथना गरिरहिन् ।
घर भत्किएर पुरिएका ४ महिने बालकलार्इ २२ घण्टापछि सकुशल उद्धार गर्यो । जब ती बालक भग्नावशेषबाट बाहिर निस्के त्यसले उनकी आमा र उद्धारकर्मीकै सारा दु:ख भुलाइदियो ।
भक्तपुरका ४ महिने बालक सोनित अवालार्इ नेपाली सेनाले उद्धार गरी जीवितै निकालेको फोटो फोटो पत्रकार अमुल थापाले खिचेका थिए । उनले पनि एपीसँग कुरा गर्दै बालकलार्इ जीवित उद्धार गरिएपछि आफूलार्इ जीवनकै ठूलो खुसी मिलेको प्रतिक्रिया दिएका छन् ।
भूकम्पले भत्केको घरमा बिमले थिचिएका बालकको आवाज शनिबारै सुन्दा अमुलले बालकलार्इ बचाइदिन भन्दै भगवान पुकारे । नभन्दै उनले भनेजस्तै आइतबार बिहान १० बजे बालकको जीवितै उद्धार भयो र त्यो फोटो उनले खिच्न सफल भए ।
सैनिकले उद्धार गर्दा ती बालकको टाउकोमा सानो चोट लागेको थियो । अहिले उनी सामन्य अवस्थामा फर्किसकेका छन् ।
अमुललेसमेत आफ्नै घर भत्केर बिचल्लीमा परेका बेला बालकलार्इ जीवित निकालिएपछि सारा पीडा भुलेको प्रतिक्रिया दिएका छन् । ‘बालकलार्इ जीवित उद्धार गरिँदा मैले समेत सबै पीडा भुलेँ’, उनले भनेका छन्, ‘संकटका बेला चार महिने बालकले धेरैको मुहारमा खुसी ल्याइदिए ।’
अहिले सोनित उपचारपछि बाबु श्याम, आमा रस्मिला र दिदी सोनियाको काखमा लुट्पुटिन थालिसकेका छन् । फुस्रै धुलोसहितका गाला लिएर भग्नावशेषबाट निस्केका उनी आमाबाबुको मायामा रमाउँदैछन् ।








 


<em/> "I was certain he was dead"“></div>
<div><img decoding=
MIRROR