गोरखाको वारपाक (गोरखा र लमजुङको सीमा) लाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान फेरि अर्को भुकम्प गएको छ। अहिले बिहान ११:३० मिनेटमा ५.० रेक्टर सस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यसको धक्काबाट थप केही घरहरु भत्किएका छन् ।
बारपाकलाई केन्द्र बनाएर शनिबार बिहान ११ः३० बजे गएको ५.१ रेक्टर स्केलको भुकम्पले तीन ठाउँमा पहिरो गएको स्थानीयबासीले बताएका छन् ।
भुकम्पको धक्का महशुस भएपछि भागदौड गर्दा स्थानीय एक महिला सामान्य घाईते भएको स्थानीय जितबहादुर घलेले टेलिफोनमा जानकारी दिए । बारपाक गाउँभन्दा दुई किलोमिटर माथि वडा नं. ३ को वारगाउँ र धामी गाउँमा पहिरो गएको उनले बताए । पहिरोले नेपाल टेलिकमको टावरमा थप क्षति पु-याएको छ । गत शनिबार गएको भुकम्पले बारपाकको मान्द्रेलगायत एक दर्जन गाउँमा पहिरो गएको थियो भने जमिनहरु भासिएका थिए ।
त्यहाँ स्वास्थ्य टिमसहित ४३ जना भारतीय सेनाले उद्दार र राहत वितरणको काम गरेका छन् । नेपाली सेनाका क्याप्टेन नारायणप्रसाद आचार्यको नेतृत्वमा खटिएको सेना उद्दार र राहतका लागि मान्द्रे गाउँतर्फ गएको छ । कान्तिपुरमा समाचार छ ।
यस्तै अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार लमजुङको खुदी गाविसको २५ किमी पूर्वलाई केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको गएको हो।
गत शनिबार पनि बारपाकमै केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले ठूलो धनजनको क्षति पुर्याएको छ।
एक सातासम्म पटक पटक साना भूकम्प गैरहेका छन् । पटक पटक साना भूकम्प जानु स्वाभाविक भएको भूकम्पविदहरुले बताएका छन् । यसअघि कमजोर भएका भौतिक संरचना साना धक्काहरुले भत्किने भएकाले सचेत रहनुपर्ने उनीहरु बताउँछन् । संचारमाधयममा समाचार छ ।