भूकम्पबाट नुवाकोटमा आठ सय बढीको मृत्यु भैसक्दा पनि सरकारी उद्धार र राहत टोली पुग्न सकेन

Girl mourns next to her father's body after it was recovered by a rescue team from a collapsed building, following Saturday’s earthquake, in...

अनीता , १४ , काठमाडौंमा शनिवार गएको भूकम्पबाट मृत्‍यु भएका आफ्ना बुबाको शब उद्धार टिमले निकाल्दा । (REUTERS/Adnan Abidi)

 

नुवाकोट । गत शनिवार गएको विनाशकारी भूकम्पबाट अत्याधिक प्रभावित मध्येको नुवाकोट जिल्लामा आठ सय बढीको मृत्यु भैसक्दा पनि सरकारी उद्धार र राहत टोली प्रभावित क्षेत्रमा पुग्न सकेको छैन ।

 

सरकारले पठाएको र विभिन्न संघसंस्थाले संकलन गरेको राहत पनि सहरबजार केन्द्रित भएको गुनासोहरु बढेको छ ।

 

जिल्लाका दुर्गममा रहेका गाविसहरु घ्याङफेदी, शिखरबेशी, समुन्द्रटार, रालुकादेवी, सुन्दरादेवी, बेतिनी, राउतबेशी, काउले, भाल्चे, देउराली, चौघडा, लिखुलगायत दूर्गम गाविसहरुमा राहतको कुने नामोनिशाना नपुगेको स्थानीयहरुले बताएका छन् ।



नेवि संघका केन्द्रिय सदस्य समेत रहेका चौघडाका स्थानीयबासिन्दा लाओस राईले सरकारी टोली गाउँ पुग्न नसकेको बताएका छन् । सबै मानिसहरुको विल्लीबाठ भएको छ, ओत लाग्ने त्रिपाल समेत सरकारले दिन सकेको छैन, उनले भने