गोर्खामा । (REUTERS/Athit Perawongmetha)
काठमाडौं । गएको शनिबार आएको महाविनाशकारी भूकम्पबाट नेपालका हजारौं विद्यालय प्रयोगमै नआउने गरी ध्वस्त भएका छन् ।
यसैगरी स्वास्थ्य चौकीहरुपनि तहसनहस भएको छ । भूकम्पले विभिन्न जिल्लाका चार हजार ५ सय विद्यालय र ६ सय ९९ स्वास्थ्य केन्द्रमा क्षति पुगेको हो ।
विपत व्यवस्थापनमा काम गर्दै आएको बैंककस्थित एसियन विपत तयारी केन्द्र, एडीपीसीको प्रतिवेदनमा यो तथ्याङ्कमा समेटिएको हो ।
४५ सय विद्यालय मध्ये करिब १३ सय विद्यालय मात्र तत्काल पुनःनिर्माण गरी पठन-पाठन सञ्चालन गर्नसक्ने खालका छन् ।
विद्यालय भवन भत्किएपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका दशौं हजार विद्यार्थीको पठन