रसुवा – महाभूकम्पमा परेर अलपत्र परेका थप ५५ जना स्थानीय र पर्यटकको लाङटाङबाट उद्धार गरिएको छ। उद्धार मध्ये दुई जना विदेशी पर्यटकलाई राजधानी पठाइसकिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौैतम रिमालले बताए। लाङटाङ गाउँबाट उद्धार कार्य अब सकिएको छ, उनले भने अब हिमपहिरोमा पुरिएकाहरुको खोजी कार्य शुरु हुने उनले बताए।
हिमपहिरोमा पुरिएर मध्ये एक सय ७० जना स्थानीय र १ सय ५० जना स्थानीय हराइरहेका छन्। भुकम्प सँगै आएको हिमपहिरोले लाङटाङ सुख्खा बगरमा परिणत भएको छ। लाङटाङमा ५५ घरधुरी थिए ति मध्ये एक घर मात्र सग्लो छन् ति पनि ओढारको बिचमा भएकाले सध्ये छन्। हिमपहिरोमा पुरिएर सरकारी भवन स्वास्थ्य चौकी, गाबिस भवन, नेपाली सेना नारायणदल गणको पोष्ट, एक लघुजलविद्युत् पूर्ण रुपमा बगरमा परिणत भएका छन्।
गाउँको कुनै पनि नामनिसाना देखिन्न। बैशाख १२ को भूकम्पपछि लाङटाङ क्षेत्रमा फसेका स्वदेशी र विदेशी गरी ३ सय जनाको हेलिकप्टरबाट दुई दिन लगाएर उद्धार गरिएको छ। विपदमा फसेका र जिवित भेटिएकाहरुको उद्धार गरिसकिएकोले शनिबारबाट हराइरहेकोहरुको खोजी कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले बताए। ‘भुकम्पबाट घाइते र विभिन्न स्थानमा फसेका जिवितहरुको उद्धार गरिसकिएको छ।
अब हराएका मानिसको खोजीमा हामी जुटेका छौं’ रिमालले भने,’धेरै हराइरहेको भनिएको लाङटाङ क्षेत्रमा उद्धार टोली पुगिसकेको छ। टोलीले शनिबार ४८ वटा शव फेला पारेको छ।’ रसुवामा भुकम्पमा परि लाङटाङको शनिबार फेला परेको ४८ शब सहित ३ सय ५२ जनाको मृत्यु भएको छ भने घाइते एक हजार रहेको छ। रसुवामा रहेको १० हजार घर मध्ये ९५ प्रतिशत घर बस्नै नहुने गरि क्षति भएको छ। अधिकांश घर भत्किएपछि जिल्लामा ३५ हजार भन्दा बढी घरवारविहीन भएका छन्। नागरिक दैनिकमा समाचार छ ।
दुर्गन्धले हाकुमा झाडापखाला फैलियो
एक साता अघिको महाभूकम्प पछि रसुवामा झाडापखाला फैलन थालेको छ। झाडापाखाला बाट ७ जना बिरामी परेका छन्। फोहोर र दुर्गन्ध बढ्दै जान थालेपछि उक्त गाउँमा झाडापखाला फैलिएको हो। झाडापखाला फैलिएपछि नेपाली सेनाको एक टोली हाकु गाउँमा पुगिसकेको छ। नेपाली सेनाका अनुसार फोहोर, दुषित खानेकुरा र पिउने पानीका कारण संक्रमण फैलिएको जनायो। दुई चार दिनमै झाडापखाला नियन्त्रणमा आउने सेनाले जनाएको छ।
भूकम्प पछि आएको पहिरोकै बिच त्यहाँका स्थानीय बसिरहेका छन्। यस्तै हाकु ८ र ९ मा भुकम्प पछि पहिरो गए पछि त्यहाँका तीन सय स्थानीय बिस्थापित भएका छन्। रसुवाको हाकु ८ को मैलुङ, गोगने र तिरुका तीन सय स्थानीय नुवाकोटको बेत्रावतीमा टेन्ट हालेर बसेका छन्। अब गाउँ जान सक्ने स्थिती छैन, हाकु ८ का कर्म तामाङले भने, माथीबाट पहिरो आईरहेछ कसरी जानु गाउँ। भुकम्पले गाउँमा धाजा फाँटेका छन्, हाकु गाउँ खण्डहर बनेको छ। हाकुका बिस्थापित स्थानीय गाउँ नर्फकर्ने गरी नुवाकोट बेत्रावतीमा आश्रयका लागि आएको बताए।
माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको कामका लागि आएका १ सय भन्दा बढि कामदार पहिरोमा पुरिएको हुन सक्ने अनुमान गरिएको छ। आयोजनामा काम गर्ने आउने ३० जना मात्र कपिलबस्तुका कामदार हराईरहेका छन् भने रोल्पा, दाङ,अर्घाखाँची लगायतको जिल्लाबाट आएका कामदार पनि हराईरहेका छन्। उद्धारका लागि खोजिकार्यमा गएका नेपाली सेना नारायण दलको १५ जनाको टोली भुकम्प गएको भोली पल्ट पुरिएको बताईएको छ।
भुकम्प गएको एक साता सम्म पुरिएकाहरुको शव उत्खनन् गर्ने नसकिएपछि उक्त क्षेत्रमा दुर्गन्ध सँगै महामारी फैलन थालेको छ। रसुवा मैलुङ गाउँमा मात्र २८ जनाको एकै चिहान भएको छ तर पुरिएकाहरुको उद्धार गर्ने नसक्दा दुर्गन्ध फैलन थालेको छ। भुकम्प सँगै आएको पहिरोले त्रिशुली १ जलविद्युत् आयोजाका लागि बनाईएको कोलनी पनि ध्वस्त छन्। सडक पुरै पहिरोले पुरिएको छ। उक्त क्षेत्रबाट पुरिएका शवहरुको तत्काल उत्खनन् नभए दुर्गन्ध सँगै महामारी फैलन सक्नेछ। नागरिक दैनिकमा समाचार छ ।
पानीको हाहाकार मच्चियो
भुकम्प सँगै आएको पहिरोका कारण मुहानमा पहिरो गएपछि नुवाकोटको सदरमुकाम विदुरमा एक साता देखि खानेपानीको हाहाकार मच्चिएको छ। नगरपालिकाका २० हजार स्थानीयले उपभोग गर्दै आएको खानेपानीको पाईप फट्नुका साथै पहिरोले खानेपानीको मुहान क्षतविक्षत बनाएपछि खानेपानी आपुर्ति बन्द छ। पिउने पानी नभएपछि बिरामी, बुढाबुढी , बालबालीकालाई समस्या भईरहेको छ। हाल बिकल्पका रुपमा सदरमुकाममा ट्याङ्करबाट पानी वितरण गरिरहेको विदुर खानेपानी उपभोक्ता समितीका सचिव हरिशरण गजुरेलले बताए।
हाल नगरपालिकाका स्थानीय खोलाको दुषित पानी पिउन बाध्ये भएका छन्। त्रिशुली बजारको पानीको स्रोत जलविद्युत् आयोजनाको नहर भएकाले नहर सुकेपछि बजारमा पनि समस्या रहेको छ। नागरिक दैनिकमा समाचार छ ।