सिन्धुपाल्चोकमा नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले भूकम्प गएको नवौं दिनमा ३ जनाको जीवितै उद्धार गरेको छ।
सिन्धुपाल्चोक स्याउले-८ केराबारीकी धनकुमारी खत्री (६०), ज्ञानकुमारी खत्री (३५) र कञ्चन खत्री (२६)लाई उद्धार टोलीले आइतबार दिउँसो जीवितै उद्धार गरेको हो।
तिनै जना भत्किएको घर खाटमुनि रहेको भेटिएको अवस्थामा भेटिएका थिए। उनीहरु अहिले बोल्न सक्दैनन्।
तीनै जनालाई नेपाली सेनाले चौतारामा रहेको गोरखनाथ गणमा लगिएको छ।
नुवाकोटमा १०५ वर्षका बृद्धको नौ दिनपछि जीवितै उद्धार
विनाशकारी भूकम्पले घर भत्काएपछि पुरिएका १०५ वर्षीय बृद्ध फन्चु घलेको नेपाल प्रहरी र जापानी उद्दारकर्ता सम्मिलित टोलीले जिवितै उद्धार गरेको छ।
नुवाकोटको किम्ताङ गाविसका घले नौ दिनपछि आफ्नै घरको भग्नावशेषबाट जिवितै उद्धार भएको प्रहरीले जनाएको छ। सेतोपाटीमा समाचार छ ।