महाभूकम्पबाट मृत्यु हुनेको संख्या ७,२५०, घाइते १४,२६७ जना, उद्धार कार्य जारी

A  Nepalese family, whose house was destroyed in last week's earthquake, uses pipes to move stored grain in Chautara, Sindhupalchok district, Nepal, Saturday, May 2, 2015. Life has been slowly returning to normal in Kathmandu, but to the east, angry villagers in parts of the Sindhupalchok district said Saturday they were still waiting for aid to reach them. (AP Photo / Manish Swarup)
सिन्धुपाल्चोकको चौतरा । तस्बिर: एपी 
गत शनिबार आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७,२५० जना पुगेको छ। गृह मन्त्रालयले साँझ प्रकाशन गरेको विज्ञप्ति अनुसार अहिलेसम्म १४,२६७ जना घाइते भएका छन्।
ज्यान गुमाउनेहरुमा उपत्यकामा १६४४, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५१३२, पश्चिम क्षेत्रमा ४१९ र मध्य पश्चिम क्षेत्रमा २ जनाको रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा ७६६३, पूर्व क्षेत्रमा ३१९, मध्य क्षेत्रमा ५०८२, पश्चिम क्षेत्रमा ११७९ र मध्य पश्चिम क्षेत्रमा २२ जना रहेका छन् ।
साथै भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ४, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ४ र बिदेशी पर्यटक ५४ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५१ जना छन्।
यसैगरी हालसम्म नेपाल प्रहरी २ जना, नेपाली नागरिक २१५ र बिदेशी नागरिक १०९ जना हराइरहेका छन्।
हालसम्म उपत्यकामा १६१०, पूर्व क्षेत्रमा ५१, मध्य क्षेत्रमा ५०७५, पश्चिम क्षेत्रमा ३८२ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७१२० को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौ  – विनाशकारी महाभुकम्पमा परी आइतबार दिउसोसम्म ७ हजार ५७ जनाको मृत्यु भएको छ भने १४ हजार २ सय २७ जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेको छ । 
उपत्यकाको काठमाडौंमा ११८५, भक्तपुरमा २७७ र ललितपुरमा १७३ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ४६३४, भक्तपुरमा १८८७ र ललितपुरमा ११४१ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।
यसैगरी पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ४९४९, पश्चिम क्षेत्रमा ४१८ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ । पूर्व क्षेत्रमा ३१९, मध्य क्षेत्रमा ५०४५, पश्चिम क्षेत्रमा ११७९ र मध्य पश्चिम क्षेत्रमा २२ जना घाइते भएका छन् । साथै भुकम्पमा परि नेपाल प्रहरीका ४, नेपाली सेनाका ९, सशस्त्र प्रहरीका १, निजामती कर्मचारीका ४ र ५४ पर्यटकले ज्यान गुमाएका छन् ।
हालसम्म काठमाडौंमा ११४६, भक्तपुरमा २७७, ललितपुरमा १७२, पूर्व क्षेत्रमा ५१, मध्य क्षेत्रमा ४८९२, पश्चिम क्षेत्रमा ३८२ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ६९२२ को शव आफन्तले बुझीसकेका छन् । ईकन्तिपुरमा समाचार छ ।