प्रधानमन्त्री सुशील कोइरालाले सोमबार भूकम्पबाट अधिक प्रभावित र क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको निरीक्षण गरेका छन्।
यस क्रममा उनले काठमाडौंको साँखु,भक्तपुर र सिन्धुपाल्चोकका मेलम्ची,चौतारा,लिस्ती,तातोपानी लगायतको हवाई निरीक्षण समेत गरेका थिए। प्रधानमन्त्री कोइरालाले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र लिस्तीकोटमा अवतरण गरी जिल्लामा भूकम्पबाट भएको क्षतिको विवरण लिनुका साथै उद्वार र राहत कार्यको जानकारी लिएका थिए।
उनले लिस्तीकोटमा भूकम्प पीडित नागरिकहरुसँग कुराकानी गर्दै यस प्राकृतिक विपत्तिमा परेकालाई राहत,पुनस्थापन र पुननिर्माणको चरणसम्म सघाएर सुरक्षित बनाउने जिम्मा सरकारले लिने ढाडस पनि दिएका छन्।
प्रधानमन्त्री कोइरालाले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीबाट जिल्लाको अवस्थाको बारेमा जानकारी लिँदै राहतमा कुनै पक्षपात नगर्न आदेश दिएका छन्।
जिल्लामा भूकम्पले सर्वाधिक क्षति पुर्याएको जानकारी पाएपछि प्रधानमन्त्री कोइरालाले राहत वितरणमा कुनै पक्षपात नगर्न निर्देशन दिएका हुन्।
उनले पीडित र प्रभावितहरुले प्राथमिकता पाउनुपर्ने कुरालाई ध्यानमा राख्दै निश्पक्ष तबरले न्यायोचित रुपमा राहत सामग्री वितरण गर्न निर्देशन दिए।
प्रधानमन्त्री कोइरालाले राहत संकलनमा परेको समस्या विस्तार गर्दै भने,