भूकम्पले कास्कीमा ६२ सामुदायिक विद्यालयमा क्षति

गएको वैशाख १२ गते आएको  भूकम्पले कास्कीमा ६२ सामुदायिक विद्यालयमा क्षति पुर्‍याएको छ। 
क्षति भएका ती विद्यालयमध्ये पाँचवटा पूर्ण क्षति भएकाले विद्यार्थीलाई अन्यत्रै राखेर पठनपाठन गराउनुपर्ने अवस्था आएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ। अन्य विद्यालयमा केहीको भवन चर्केको, केहीको कक्षा कोठा भत्केको र केहीको पर्खाल भत्केको छ। 
महाभूकम्पबाट विद्यालयमा करिब रु एक करोडभन्दा बढी क्षति पुर्‍याएको सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले बताए। रासस