प्रमुख तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड रसुवा पुगेका छन्।
तीनै शीर्ष नेताहरू एउटै हेलिकप्टरमा भूकम्प प्रभावित जिल्लाको अवलोकन गर्ने क्रममा रसुवा पुगेका हुन्। अवलोकन टोलीमा सुरक्षा अधिकारीहरू पनि रहेको प्रकाश अधिकारीले बताएका छन्।
भूकम्प प्रभावित जिल्ला भ्रमणमा निस्किएका उनीहरू धादिङ र नुवाकोट पनि जानेछन्। उनीहरूका साथमा तीनवटै सुरक्षा निकायका प्रमुखसमेत छन्।
उनीहरू नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन्। जिल्ला भ्रमणको क्रममा नेताहरुले भूकम्प पीडितहरुको अवस्था, उद्धार र राहत वितरणबारे जानकारी लिने छन्। सेतोपाटीमा समाचार छ ।