Photo: REUTERS/Olivia Harris
काठमाडौं । महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ६ सय ५२ पुगेको छ । भने सबै ठाउँमा राहत वितरण कार्य जारी छ ।
महाभूकम्प गएको १२ औं दिन आज बिहान गृह मन्त्रालयले दिएको जानकारी अनुसार, सिन्धुपाल्चोकमा दुई हजार नौ सय ३९, काठमाडौंमा एक हजार दुई सय नौ, धादिङमा सात सय दुई, रसुवामा चार सय ५६, काभ्रेमा तीन सय १६, भक्तपुरमा तीन सय १८ र गोर्खामा चार सय १२ जनाको मृत्यु भएको छ ।
घाइते हुनेको संख्या बढेर १६ हजार तीन सय ९० जना पुगेको छ ।
दुई लाख ७९ हजार दुई सय ३४ वटा निजी घर र १० हजार ७ सय ६१ वटा सरकारी भवनलाई भूकम्पले पूर्ण क्षतिग्रत बनाएको छ भने दुई लाय ३७ हजार ६८ वटा निजी र १४ हजार आठ सय आठ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
सूचना विभागका अनुसार, सरकारले सर्वसाधारणलाई उद्धार र राहतबारे जानकारी दिन स्थापना गरेको कल सेन्टरमा अहिलेसम्म ३० हजार चार सय २४ जनाले फोन गरी गुनासा टिपाएका छन् । ती सबै गुनासो सम्बन्धित निकायमा पठाइएको विभागले जनाएको छ । इमेजखबरमा समाचार छ ।