काठमाडौ – बैशाख-१२ गते आएको महाभूकम्प पछाडि निरन्तर अाइरहेका भूकम्पका पराकम्पनहरु क्रमश:घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ भन्दामाथिको पराकम्पन एक पटक मात्र गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति ९ बजेसम्मकाे रेकर्डमा ४ माथिकाे भूकम्प एउटा गएकाे हाे । राति ८ बजेर ५८ मिनेटमा काभ्रेमा महशुश गरिएकाे धक्का ४ रेक्टर मूनीकाे रहेकाे केन्द्रले जनाएकाे छ ।
भूकम्पविद् चिन्तन तिम्सिनाले ठूलो भूकम्प पछाडि स्वभाविक रुपमा आउने साना भूकम्पको झट्काहरु घट्दै गएको जनाए । २४ घण्टाभन्दा बढी सयम अन्तरमा १ पटक मात्र ४ माथिको पराकम्पन हुनु बैशाख १२ यताको पहिलो पटक हो । बुधबार साँझ ६ बजेर २ मिनेटमा गोरखा सदरमुकाम आसपास केन्द्र बनाएर ४.२ रेक्टरको भूकम्प गएको तिम्सिनाले बताए ।