भूकम्पमा परी अहिलेसम्म ज्यान जानेको सात हजार ७५९, घाइते हुनेको सङ्ख्या १६ हजार ४३२, सबै ठाउँमा राहत वितरण कार्य जारी

वैशाख १२ गते गएको भूकम्पमा परी अहिलेसम्म सात हजार ७५९ जनाको ज्यान गएको छ। भने सबै ठाउँमा राहत वितरण कार्य जारी रहेको छ । 
गृहमन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४३२ पुगेको छ।
हालसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै दुई हजार ९९१ पुगेको छ भने काठमाडौंमा एक हजार २१० पुगेको छ।
भूकम्पका कारण १० हजार ७९० सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन्। आंशिकरुपमा १४ हजार ९९७ घर तथा भवन क्षति भएका छन् ।
सर्वसाधारणका दुई लाख ८८ हजार ७९८ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ५४ हजार ११२ घर क्षति भएको मन्त्रालयले जनाएको छ । रासस