महाभूकम्पपछिको विपत् व्यवस्थापनको चुनौतिको सामना गर्न व्यवस्थापिका संसदको बैठकमा संकल्प प्रस्ताव

काठमाडौ  – व्यवस्थापिका संसदले भूकम्पले निम्त्याएको विपत्तिमा एकतावद्ध भएर सामना गर्दै पूनर्निमाणमा लाग्ने प्रतिवद्धता सहितको संकल्प प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकले सर्वसम्मत ढंगल संकल्प प्रस्ताव पारित गरिएको हो ।
त्यस्तै महाभूकम्पमा परी ज्यान गुमाएका पूर्व सांसद चक्रबहादुर ठकुरीप्रति शोक प्रस्ताव समेत पारित गरेको छ । संसद बैठक भोलि १ बजे बस्ने छ । भोलि बोलाइएको संविधानसभा बैठक जेठ २ गतेलाई सारिएको छ । ईकन्तिपुरमा समाचार छ । 

काठमाडौं । महाभूकम्पपछिको विपत् व्यवस्थापनको चुनौतिको सामना गर्न  व्यवस्थापिका संसदको बैठकमा सरकारले संकल्प प्रस्ताव ल्याएको छ । 
A Nepalese boy runs past houses destroyed by last week's earthquake in Pauwathok village, Sindhupalchok district, Nepal, Saturday, May 2, 2015. Life has been slowly returning to normal in Kathmandu, but to the east, angry villagers in parts of the Sindhupalchok district said Saturday they were still waiting for aid to reach them. In the village of Pauwathok, where all but a handful of the 85 houses were destroyed, three trucks apparently carrying aid supplies roared by without stopping. (AP Photo/Manish Swarup)
सिन्धुपाल्चोकमा । तस्बिर: एपी
 
प्रमुख दलहरुको सहमतिमा सरकारले भुकम्प पीडितलाई राहत र पुननिर्माणको विशेष संकल्प प्रस्ताव पेश गरिएको हो ।  
प्रस्तावमा अल्पकालिन र दिर्घकालिन पुननिर्माण योजना गरिएको छ ।
यसैबीच, हिजो साँझ वालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले पीडितलाई तत्काल राहत दिदैं दिर्घकालिन रुपमा सुरक्षित आवासमा सार्न तीन तहको योजना बनाउने निर्णय गरेको छ ।
यद्यपी सत्तारुढ दलहरुको योजनामा विपक्षी एकिकृत माओवादी लगायतका अन्य दलहरुसँग छलफल हुन बाँकी छ । संकल्प प्रस्तावलाई अन्तिम रुप दिन अहिले बालुवाटारमा प्रमुख तीन दलको बैठक बसिरहेको छ ।
यसपछि संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहमति लिई  योजना सार्वजनिक गर्ने योजना सरकारले बनाएको छ ।
यदि आजको बैठकमा संकल्प प्रस्ताव पेश गर्न नभ्याइए स्वर्गीय पूर्व सभासद् चक्रबहादुर ठकुरीको निधनमा शोक प्रस्ताव पारित गरी भोलिलाई बैठक तय गरिनेछ । इमेजखबरमा समाचार छ ।