सिन्धुली । महाभूकम्प गएको १२ बित्दा समेत सिन्धुलीको भिमेश्वर राताटारका लोपुन्मूख हायु जातिका पीडितहरुले कुनै पनि राहत नपाएको गुनासो गरेका छन् ।
सिन्धुपाल्चोकमा । तस्बिर: REUTERS/Gopen Rai
राहत नपाउंदा दैनिक जीवन गुजारा गर्न समस्या भएको र स्वास्थ्यमा प्रतिकुल असर देखिन थालेको गुनासो पीडितहरुको छ ।
भूकम्पले भत्केका घरहरुको धुलोले पीडितहरुमा रुघाखोकी, ज्वरोको संक्रमण देखिएको छ भने स्वच्छ पिउने पानीको अभावमा गाउंमा झाडापखाला फैलिन सुरु भएको छ ।
गत वर्ष आगलागीले सिंगो गाउं नै सखाप भएपछि घर निर्माण गरेको ऋण समेत तिर्न नपाउंदै वैशाख १२ गतेको महाभूकम्पले २३ घरघुरी भएको हायु जातिको बस्ती नै उजाड पारेपछि हायुहरु वर्षेनी विपदबाट पीडित भएका छन् ।
उनीहरु वर्षेनी दाहोरो ऋण र चर्को व्याजको मारमा परेका छन् । पीडितहरुले ओत लाग्ने पाल र खाने अन्नको माग गरेका छन् । इमेजखबरमा समाचार छ ।