महाभूकम्पबाट मृत्यु भएकाहरुको चीर शान्तिको कामना गर्दै राजधानीमा विभिन्न कार्यक्रमहरुको आयोजना

From left to right, portraits of victims of the April 25 earthquake San Nanin Pandit, 40, and her children Sita Pandit, 20, and Samir Pandit, 18, are decorated with marigold garlands as family members mark the twelfth day of their death in a mourning room in Kathmandu, Nepal, Wednesday, May 6, 2015. The April 25 earthquake killed thousands and injured many more as it flattened mountain villages and destroyed buildings and archaeological sites in Kathmandu. The Pandit family is from Sindhupalchok, one of the worst affected districts near the epicenter. (AP Photo/Bernat Armangue)

काठमाडौंमा । तस्बिर: एपी 

 

काठमाडौं । महाभूकम्पबाट मृत्यु भएकाहरुको चीर शान्तिको कामना गर्दै विहीबार राजधानीमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।



महाभूकम्प गएको १३औं दिन पुगेको अवसरमा काठमाडौंको दरबार स्क्वायरमा जम्मा भएका सर्वसाधारणहरुले विनाशकारी भूकम्पवाट मृत्यु भएकाहरुको आत्मा शान्तिको कामना गरे ।



यसैगरी, विहीबारै विभिन्न धार्मिक संघ-संस्थाहरुले पनि महाभूकम्पबाट दिवंगत भएकाहरुको आत्मा शान्तिका लागि प्राथर्ना गर्नुका साथै घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।



कार्यक्रमका सहभागी धर्मगुरुहरुले विपत्को बेला सबै मिलेर एकापसमा सहयोग र उद्धार गरी मानवीय धर्म पूरा गर्न सम्पूर्ण नेपालीसँग आग्रह गरेका छन् । इमेजखबरमा समाचार छ ।