सुआहारा कार्यक्रमको बारेमा अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  ।  अर्घाखाँची जिल्लामा संचालन हुन लागेको सुआहारा कार्यक्रमको बारेमा अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा आज सम्पन्न भएको छ  ।
  अर्घाखाँची जिल्लामा युएसएड को सहयोगमा  नेवा र लुम्बिनी सामाजिक विकास केन्द्र, नेपालको साझेदारीमा सञ्चालन हुने यो कार्यक्रम सुनौला हजार दिनका बालबालिका तथा तिनका आमाहरूको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन विशेषतः घरपरिवारको व्यवहार परिवर्तनमा केन्द्रित हुने छ ।  
अभिमुखीकरण कार्यक्रममा लुम्बिनी सामाजिक बिकास केन्द्रका अध्यक्ष इन्द्रमणी पौडेल, सुआहारा कार्यक्रमका जिल्ला संयोजक दिबस ढकाल, पोषण अधिकृत मिलन लोप्चन,  सरसफाइ अधिकृत  सृजना पन्थी,  लेखा  अधिकृत बसन्ता पराजुली, लगायतले  सुनौला हजार दिनका बालबालिका तथा तिनका आमाहरूको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउने बिषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको सामापन समारोहमा  लुम्बिनी सामाजिक बिकास केन्द्रका फोकल प्रर्सन कृष्ण प्रसाद पौडेल, फिल्ड संयोजक हेमन्त बस्नेत, फिल्ड सुपरभाइजरहरु प्रेम आचार्य र सिता पौडेलले मन्तब्य राख्दै अभिमुखीकरण कार्यक्रममा सिकेका कुरालाई कार्यन्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु  भएको थियो  । 

अन्य समाचारहरु