बेलायतमा भएको आम निर्वाचनमा प्रधानमन्त्री डेभिड क्यामरुनको पार्टीको बहुमत

बेलायत  – बेलायतमा हिजो भएको आम निर्वाचनमा प्रधानमन्त्री डेभिड क्यामरुनको पार्टी बहुमतनजिक पुगेको छ ।
कूल ६५० सिटको लागि भएको निर्वाचनमा क्यामनरुन नेतृत्वको कन्जरभेटिभ पार्टी ३१६ स्थानमा विजयी भएको छ । स्पष्ट बहुमतको लागि कूल ३२६ सिट आवश्यक हुन्छ ।
लेबर पार्टी २२८ स्थानमा जित पाएको छ भने स्कटिस नेसनल पार्टीले ५६ सिट पाएको छ । १९ सिटको नतिजा आउन बाँकी छ ।
हिजो भएको आम निर्वाचनमा कूल ५० हजार मतदानस्थलमा करिब ५ करोड जनताले मतदान गरेका थिए । एजेन्सी