अर्को विनासकारी भुकम्प पछि मोदीले उद्दारका लागि थप एक सैन्य टोली पठाए

नयां दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको वस्तुस्थित बुझ्न तत्काल थप एक सैन्य टोली पठाएका छन् । मोदीको निर्देशन अनुसार आजै भारतबाट वायु सेनाको एमआई १७ हेलिकप्टरमा टोली काठमाडौं उडेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । 
नेपालमा मंगलबार भूकम्प गएलगत्तै मोदीले सुरक्षा अधिकारीलाई बोलाएर नेपालको वस्तुस्थिति बुझ्न सैन्य टोली पठाउन निर्देशन दिएका हुन् ।
यसअघि भारतबाट आएको उद्दार टोली काठमाडौंमै छन् । ईकन्तिपुरमा समाचार छ ।