प्रधानमन्त्री सुशील कोइरालाले मंगलबारको भूकम्पले अहिलेसम्म दर्जनौ जनाको निधन तथा ८४६ जना घाइते भएको जानकारी दिएका छन्।
मन्त्रिपरिषदको आकस्मिक बैठक पश्चात सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले प्राकृतिक विपदको बेला सबैलाई धैर्यता नगुमाई विपदमा परेका व्यक्तिहरुको खोजी, उद्दार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन्।
अत्यन्त सक्षिप्त सम्बोधनमार्फत प्रधानमन्त्री कोइरालाले आजको भूकम्पले काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा परेको जनधनको क्षति र पीडितको उद्दारका लागि राज्यका सबै संयन्त्रको परिचालन भएको बताए।
भूकम्प आएलगत्तै सामान्य जीवनमा फर्किन लागेका नागरिकहरु पुनः सडक र चोक चोकमा जम्मा हुन थालेपछि प्रधानमन्त्रीले सबैलाई पीडितको खोजी, उद्धार र राहतका लागि अबरोध सृजना नगर्न र सबै मिलेर पीडितको उद्दार तथा राहतका लागि जुट्न आग्रह गरे। सेतोपाटीमा समाचार छ ।