भूकम्प पराकम्प जाने क्रम जारी,बुधबार बिहानै काठमाडौं, धादिङ र दोलखामा ५ वटा पराकम्प

काठमाडौं । मानिसहरु सुतिरहेका बेला बुधबार बिहान २ बजेर सात मिनेटमा काठमाडौं केन्द्र भएको पराकम्प गयो । त्यस यता साढे ८ बजेभित्र पाँचवटा पराकम्प गइसकेका छन् ।
भूकम्प मापन केन्द्रमा भएको रेकर्ड अनुसार काठमाडौं केन्द्र भएको भूकम्प ४.२ रेक्टर स्केलको थियो ।
बिहान ३ बजेर १० मीनेट जाँदा धादिङ केन्द्रविन्दु भएको ५.९ रेक्टर स्केलको भूकम्प गयो ।
दोलखामा तीनवटा पराकम्प
आजै बिहान ४ बजेर ३८ मीनेटमा दोलखा केन्द्रविन्दु भएको ४.४ रेक्टर स्केलको पराकम्प गयो । त्यस्तै ८ बजेर ८ मीनेटमा दोलखामै केन्द्रविन्दु भएको ४.४ रेक्टर स्केलको पराकम्प गयो भने ८ बजेर २८ मीनेटमा ४.४ रेक्टर स्केलकै अर्को पराकम्प गएको मापन केन्द्रमा रेकर्ड भएको छ । अन्लाईनखबरमा समाचार छ ।