भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित

काठमाडौ – व्यवस्थापिका-संसद्को आजको बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्‍याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै सबै मतान्तर बिर्सिएर सहकार्य, सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञासहित गत शनिबार सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेकपा (एमाले)का प्रमुख सचेतक अग्निप्रसाद खरेल र एकीकृत नेकपा (माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेल सो सङ्कल्प प्रस्तावको प्रस्तावक छन् भने व्यवस्थापिका