वैशाख २९ गते गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय १७

काठमाडौं । वैशाख २९ गते गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय १७ जना पुगेको छ । २९०७ जना घाइते भएका छन् ।
प्रहरी केन्द्रीय कार्यालयका अनुसार भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा ११ जना छन् । पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा ९९ र पश्चिम क्षेत्रमा ३ जनाले ज्यान गुमाएका छन् । मृतक ११३ जनाको शव आफन्तलाई बुझाइएको छ ।
भूकम्पमा परी ४ जना वेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म ३ हजार ६२७ पूर्णरुपमा र ५ हजार १९० आंशिकरुपमा गरी जम्मा ८ हजार ८१७ भौतिक संरचनामा क्षति पुगेको छ ।
यसैगरी वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ३४९ जनाको ज्यान गुमेको छ भने १७ हजार ८७० जना घाइते भएका छन् ।
भूकम्पपछि हराइरहेका २ सय ५२ नेपाली र र १ सय १२ विदेशी नागरिक अझै भेटिएका छैनन् । अन्लाईनमा समाचार छ ।