इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई मृत्युदण्डको सजाय

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई एक अदालतले शनिबार मृत्युदण्डको सजायको सुनाएको छ। सन् २०१२मा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीको गिरफ्तारी र दमनको अभियोगमा उनलाई यसअघि २० वर्षको जेल सजाय सुनाइएको थियो। 
 
सन् २०१२ मा इजिप्टको पहिलो निर्वाचित राष्ट्रपति बनेका मोर्सीलाई सन् २०१३ मा सेनाले सत्ता हत्याउँदै पदच्युत गरेको थियो।  
 
उनको मृत्युदण्ड दिनुपहिले इजिप्टका उच्च धार्मिक अधिकारीको धारणा पनि लिइनेछ। मोर्सीका समर्थकले अदालतको यो निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा भएको सैनिक कु लाई वैधता दिन उद्धेश्य रहेको बताएका छन्।  एजेन्सी