काठमाडौं । सिन्धुपाल्चोक र दोलखाको सीमा घोर्थलीमा दुर्घटना भएको अमेरिकी हेलिकोप्टरमा सवार आठको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाली सेनाले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेको छ । मृतकहरुको शव परिचान गर्ने नसकिने अवस्थामा रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अनुमनित ११ हजार २ सय फिट उचाईमा दुर्घटना भएको हेलिकोप्टरका पाटपूर्जा छरिएर रहेको अवस्थामा भेटिएको छ । मंगलबार उद्धार तथा राहतका लागि उडेको हेलिकोप्टरमा नेपाली सेनाका दुई र अमेरिकी सेनाका ६ सैनिक थिए । अमेरिकी हेलिकोप्टर सुनखानी क्षेत्रमा पुगेपछि सम्पर्कबिहीन भएको थियो ।
खोजीका क्रममा शुक्रबार घोर्थली क्षेत्रमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भेटिएको थियो । अन्लाईनखबरमा समाचार छ ।