भूकम्पले विभिन्न स्थानको जमिन फाटेको भन्दै प्राविधिकबाट निरीक्षण पूरा नभई घर निर्माण नगर्न पाल्पा प्रशासनको अनुरोध

पाल्पाको प्रशासन कार्यालयले भूकम्पले विभिन्न स्थानको जमिन फाटेको भन्दै प्राविधिकबाट निरीक्षण पूरा नभई घर निर्माण नगर्न अनुरोध गरेको छ । 
 
पाल्पा जिल्लाको पूर्वी भेग सहलकोट-९ सुकेकोट क्षेत्र अनुगमनपछि प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले स्थानीयवासीलाई त्यस क्षेत्रको विशेष प्राविधिकबाट निरीक्षण पूरा नभई घर निर्माण नगर्न आग्रह गरे। प्रजिअ कार्कीले तत्कालका लागि जिल्लाबाट क्षति भएका घरलाई गाविस मार्फत रु पाँच-पाँच हजार नगद पठाउने बताए।
 
भूकम्प आइरहे सुक्खा पहिरो र बर्खामा हिले पहिरो जान सक्ने डर भएकाले तत्काल बस्दा पनि सतर्क रहन प्रशासन कार्यालयले सचेत गराइरहेको छ । रासस