प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली काँग्रेस क्षेत्र नम्बर २ अर्घाखाँचीले महाभुकम्प पिडितका लागि सहयोग स्वरुप १० हजार नौ सय २९ रुपैया राहत सङकलन गरेको छ ।
संकलति रकम राष्ट्रिय बाणिज्य बैक मार्फत जिल्ला दैबीक प्रकोप उद्धार समितिको खातामा जम्मा गरेको क्षेत्रीय सभापती मणिराम पौडेलले जानकारी दिनुभयो ।
पार्टीका पदाधिकारी एवम् सक्रिय कार्यकर्ताहरुको सहयोगमा राहत सङकलन गर्ने कार्य जारी नै रहेको क्षेत्रीय सचिब हेमन्त बेल्बासेले बताउनु भयो ।