नाइजेरियाको उत्तरी योबे राज्यको दमातुरु शहरमा एक महिलाले आत्मघाती बिस्फोट गराँउदा ९ जनाको ज्यान गएको छ । दामातुरु शहरको एक व्यस्त बस स्टेशनमा महिलाले आफैंलाई बिस्फोट गराउँदा ३० जना घाइते भएका छन् ।
आतंकबादी समूहको निशाना बन्दै आएको योबे राज्यमा यसअघि भएको आतंकबादी हमलामा ५० भन्दा बढीको ज्यान गएको थियो ।
इस्लामिक अतिवादी समुह बोको हरामले पछिल्लो समय आत्मघाती हमलामा महिलालाई प्रयोग गर्न थालेको छ । घटनाको जिम्मेवारी कसैले नलिए पनि बोको हरामले नै विष्फोट गराएको नाइजेरियन सरकारको दाबी छ ।
उता माइदिगुरी शहरमा पनि बोको हरामले पकड जमाउन थालेपछि सेनाले कर्फ्यु लगाएको छ । एजेन्सी