भारतको राजस्थानमा आँधी आउँदा १२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
प्रतिघन्टा सय किलोमिटरको वेगमा आएको आँधीका कारण राजस्थानका अधिकांश घरमा क्षति पुगेको छ । राजस्थानको बीकानेर र भरतपुर सहर आँधीको चपेटामा परेको छ । बेमसौमी वर्षापछि आएको आँधीका कारण विद्यालय र कलेजहरु बन्द गरिएको छ ।
आँधीले ठाउँ-ठाउँमा बिजुलीका पोल र रुख ढलेका कारण यातायात सेवा अवरुद्ध बनेको छ ।
यसैबीच, राजस्थान सरकारले आँधीमा मृत्यु भएका परिवारलाई प्रतिपरिवार ४ लाखका दरले मुआब्जा दिने निर्णय गरेको छ । राजस्थानबाहेक दिल्ली, हरियाणामा पनि बेमौसमी वर्षा भएको छ । (एजेन्सी)