अमेरिकाले पाकिस्तानको एवोटावादमा मारिएका अल कायदा नाइके ओसामा बिन लादेनको डायरी सार्वजनिक गरेको छ ।
लादेनले आफ्नो डायरीमा आफ्ना समर्थकहरुलाई अमेरिकामाथिको आक्रमणमा केन्द्रित रहन आग्रह गरेका छन् । अमेरिकी अधिकारीहरुले सार्वजनिक गरेको रिपोर्टमा अमेरिकाका अलावा ब्रिटेन, फ्रान्स, जर्मनीलाई पनि आक्रमणको निशाना बनाइएको थियो ।
यस्तै, अल कायदमा भर्ना हुने आवेदन फर्ममा रहेको जनाइएको छ । लादेनसँग अंग्रेजी भाषाका आर्थिक र सैन्य सिद्धान्तका किताबहरुसमेत रहेको थियो । लादेनले आफ्नो डायरीमा मुम्बई आक्रमणको प्रशंसा गरेका छन् भने पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीको आलोचना गरेका छन् ।
लादेन सन् २०११ को मे महिनामा अमेरिकी कारबाहीमा मारिएका थिए । लादेन मारिएपछि त्यहाँ प्राप्त केही दस्तावेजहरु अमेरिकी सैन्य प्रतिष्ठानले सन् २०१२ मा सार्वजनिक गरेको थियो । (एजेन्सी)