डा. अम्बरिश पोख्रेल, त्रिभुवन विश्वविधालय
डा. भगवती कुँवर पोख्रेल, होक्कैदो विश्वविधालय, जापान
हाम्रो देश नेपालमा कसरी भूकम्प जादो रहेछ भन्ने कुरा लगभग धेरै जनताले जनीसकेको कुरा नेपालका युवा भूकम्प विद डा. सुबेश घिमिरे देखि डा. सुनिल दुइबेदी सम्म एकमत हुनुहुन्छ। यसरी नेपाल तथा सम्पूर्ण हिमालयको टेक्टोनिक अवस्थिति अब कसैलाई बुझाइरहनु परेन भन्ने कुरामा एकरुपता आउदै गर्दा त्यसको उपयोग वा त्यसको प्रभाव बाट बच्न के के गर्नु पर्ने भन्ने कुरा हाम्रो लागी प्रमुख हुन् गयको अबस्था हो । जसलाई हामीले यहाँ प्रतिनिधि घटना रुपमा प्रसुत गरेको छौ । यहि प्रकारले हामीले प्रतेक क्षेत्रहरुमा आफुलाई हेर्नु पर्ने जरुरी छ ।
प्राकृतिक बिपतीको एउटा नियम केहो भने यो अकस्मात आउने हैन । त्यसको लागी धेरै कुराहरुको गठ जोड चाहिने हुन्छ। तर त्यो कुन गतिमा देखा पर्छ भन्ने कुरा त्यसको नियमहरुमा भर पर्ने हुन्छ । अर्थात् नियमित आकस्मिता त्यो आकस्मिकताको गती कहिले कही जान्न वा थाहा पाउन गारो भयको अबस्था हो यो भूकम्प भन्ने कुरा तर त्यो आउनेवाला छ भन्ने कुरा कम्तिमा पनि थाहा हुन् सक्छ । यहि कुरालाई ध्यानमा राखेर जापानका अनुसन्धान विदहरुले एउटा प्रबिधीको बिकाश गरेका छन् त्यो हो कुनै पनि सम्भावित बिपत्ती आउनु पुर्ब त्यसको संकेत दिनु प्राकृतिक बिपती देखि लियर अरु हुन् सक्ने ठुला ठुला बिपतीहरुमा पुर्ब जानकारी दिनु उनीहरुले जापान सरकारलाई बाध्य पारेर त्यो प्रबिधि लागु गरायका छन् । त्यो लागु गराउन बाध्य पार्ने काम साधारण जनताको हैन कि सम्बन्धीत बिज्ञंको हो । त्यो बुझ्ने र बुझाउने काम उनीहरुको नै हो । त्यो प्रबिधी बुझाउन सकिदैन भने लागु गर्ने वा लागु गर्न सरकार बाध्य नहुन सक्छ। अहिले नेपालमा भयको यहि हो। कोहि कोहिले भूकम्पलाई पैशा कमाउने पेशाको रुपमा सस्था खोलेर बसे तर जो मान्छेहरु इमान्दार तर बिस्यका दिग्ज्ज बिज्ञं थिय उनीहरुको आबाज कम्जोर थियो वा पारियो तर अब त्यो गर्नु भयन यहि हाम्रो ठुलो कमजोरी हो । यहि कुरा अब आउने मनसुनको लागी पनि सत्य हो । नेपालका हामी ज़ल तथा मौषम विदहरुले पनि त्यो गर्न सकेका छैनौ । बरु हामी बिदेशीको कुरा विश्वास गर्छौ तर नेपालीको गार्दैनौ । हामीले हाम्रो कमजोरी जनतामा देखौन चाहन्नौ अनि जनताले सत्य के हो थाहा पाउदैनन अनि जनताले पनि तिरस्कार गर्ने गर्छन। त्यसो भय समस्या केमा रहेको छ भन्ने कुरा प्रमुख हो। त्यो कुराको चर्चा नगरी यसको समाधान भेटिदैन । हामीले सबै कुरा हाम्रा शासक वा नेतामा थुपारेर दोष मुक्त हुने काम गर्छौ । त्यो गर्नु सजिलो छ । कुनै जिम्मेबारी लिनु परेन तर त्यो केवल स्वार्थी कुरा मात्र हो। सहि र सत्य कुरा जसले भन्दा वा सिकाउदा पनि हुन्छ । सामाजिक दायित्व सबैको हुन्छ। अरुको मुख ताक्ने र अरुलाई गालि गरिरहने प्रबिर्ति पनि बन्द हुनु जरुरी छ । सकेको मिलेर गरौ । त्यसैले पहिला हामीले यो जान्नु जरुरी छ कि के का लागी बोल्ने ? कसको लागी बोल्ने ? अनि किन बोल्ने ? बोलेर के हुन्छ ? तर हाम्रो नेपालमा त कसले यसको फाइदा लिने छ भन्ने कुरा प्रमुख देखिने गरेको छ। अनुसन्धान एउटा पेशा हो । पेशा बनिसके पछि त्यहा इमान्दारिता चाहिने हुन्छ । जहाँ इमान्दारिता छ त्यहा ठुला ठुला र नया नया अबसरहरु आउने गर्छन अर्थात् त्यो अनुसन्धान हामी मानब जातीको लागी प्रयोग हुने गर्छ। त्यो पर्योग गर्ने र गराउने काम राज्यको हो। राज्यलाइ सिकाउने काम तिनै अनुसन्धान विदहरुको हो। तर हाम्रो नेपालमा के भई रहेको छ? के हामी त्यो धर्म निर्बाह गरिरहेका छौ त ? यदी छौ भने किन हामीले गर्न सक्ने साना तिना काम वा पूर्वाधार पनि निर्माण गरेनौ वा गर्न लगायका छैनौ ? यसको कारण के हो ? यसको प्रस्ट कारण छ हामी नेपाली हाम्रो समाजको लागी बोल्ने र लेख्ने वा काम गर्ने प्रब्रिती निकै थोरै छ।
जापानमा दिनको धेरै पटक पनि भूकम्प जाने गर्छ। कहिले ठुलो र कहिले सानो त हुने नै भयो। जनता यहाको भूकम्प देखि डराउने, तर्सने वा भाग्ने गर्दैनन्। उनीहरु अब अभ्यस्त भैसकेका छन् अर्थात् सानो देखि नै बानी परेको छ। जस्तै यहाका साना साना बालबालिकाले पनि भन्न सुरु गरिसकेका हुन्छन कि “पापा आज हल्लायो” ” उ त्यहा हेर्नु त त्यो आज हल्लेको थियो भूकम्प पो हो कि” ? भनेर सोध्ने गर्छन। उ डरायर सोध्दैन कि बानी परेर नियमितताको एउटा पाटोको रुपमा सोध्ने गर्छन। त्यो देख्दा मैले सधै हामी साधारण नेपाली जनता र हाम्रो राज्यका हर्ता कर्ता सम्झन्छु । अनि नेपालमा यो मेरो बिषय हो। यो तेरो बिषय हो भनेर राप अलाप्ने तर समाज र जनताको लागी कहिले नबोल्ने। ब्यग्तिगत लाभको लागी अर्थात् कुनै प्रोजेट हात पारेर अनुसन्धानका नाममा पैशा मात्र असुल्ने पर्ब्रिती धेरै हावी छ। अर्थात् नेपालका दिग्ज्ज भन्नेहरुको ध्यान पैशा कमाउ हो पेशा प्रती कुनै इमान्दारिता छैन। तिनैले अरुको डाह र रिष गर्नु ठुलो कुरा भयन पनि। यस्तो काम अस्पताल देखि शिक्षाको क्षेत्र सम्म जालो तर हाम्रो राज्य यस्तै मान्छेहरुले घेरियको छ।
जापानीहरुले पनि केहि सेकेण्ड अगाडी मात्र भूकम्प आउदै छ भनेर भन्न सक्छन/ तर उनीहरुले त त्यही अनुसारको प्रणालीको विकास गरेका छन्/ उनीहरुले त्यो बाट बच्ने वा साबधानी लिनको लागी राम्रा राम्रा प्रविधिहरु विकास गरेका छन् । त्यो प्रबिधी हामीले पनि सजिलै प्रयोग गर्न सकिन्छ। त्यो हो हाम्रो मोबाइलमा केहि सेकेण्ड अगाडी घन्टी बझ्नु अर्थात् अटोमेटिक अलार्म बझ्नु। त्यसबाट हामीले सजिलै साबधानी लियर सुरक्षित स्थान वा सुरक्षित मनस्थिति बनाउन सक्छौ। जापानमा भुकम्प आएको कति समयमा मोबाइल फोनमा अलार्म लाग्छ भन्ने कुरा भुकम्पको उदगम् स्थल अनुसार फरक पर्दछ। जस्तै जापानको पुर्बी समुन्द्रमा भुकम्प आएमा नागोया सहरमा २५ सेकेन्ड अगाडी अलार्म लाग्दछ भने टोकियो शहरमा ४० सेकेन्ड अगाडी लाग्दछ। किनकी भुकम्पको धक्का नागोया सहरमा पुग्न भन्दा टोकियो सहरमा पुग्न धेरै समय लाग्दछ। यो कुरा हावा होइन वास्तविक हो।
जापानमा मोबाइलमा मात्र होइन यहाँ तुरुन्त लाउड स्पिकर बाट बिशेस आवाज दिइन्छ जोसग मोबाइल छैन उनिहरुले पनि थाहा पाउन् भनेर । यति मात्रै होइनकि जापानमा सार्बजनिक सूचनाको लागी पनि हरेक ठाउमा सबैले सुन्ने गरी लाउड स्पिकर राखिन्छ । यो कुराको भुक्त भोगी हुनुहुन्छ जापानी नागरिक हाम्रा साथी इन्जिनियर केशव पोख्रेल । तर यो प्रणाली नेपालमा पनि प्रयोग गर्नु पर्छ भनेर नेपालका बिज्ञले किन भनेन वा अझै पनि किन भन्दैनन ? किन लेख्ने र बोल्ने आट गर्दैन्नन ? कारण स्पस्ट छ उनीहरुलाई त्यसको मतलब छैन। जनताको लागी कहिले केहि नबोल्ने। सम्बन्धित निकायमा केहि कुरा पनि नराख्ने तर अरुको डाह र रिष गर्दै हिड्ने प्रब्रिती नेपालका बिज्ञंहरुमा देखियो। अब छिटो भन्दा छिटो नेपाल सरकारलाई यो बिसयमा बाध्य पर्नु जरुरी छ। यो काम गाबिस गाविसमा गराउन सकिन्छ। तर राज्यले चाहेमा मात्र। त्यति मात्र हो र ठुलो आध्री हुरी आउने कुरा त झन् धेरै घण्टा आगाडी पो थाहा पाउन सकिन्छ। यसै गरी हाम्रा नदीहरुमा बाढी आउदै छ वा छैन भन्ने कुरा पनि बताउन सकिन्छ। त्यसको लागी हाम्रो सरकारले नेपाल टेलिकमसंग मिलेर त्यो चेतावनी प्रणाली राख्नु जरुरी छ। त्यो टेलिकमले पुन मोबाइल कम्पनिसंग मिलेर केहि थप सुबिधा हाल्नु पार्ने हुन्छ। बस त्यही मात्र हो। त्यसको लागी टेलिकमले सहायकको भूमिका निभाउनु पर्ने हुन्छ। अब त्यो किन नगर्ने। अब कम्तिमा पनि हामी जल तथा मौसम विद, भूगर्व विद देखि लियर बिपती सम्बन्धी काम गर्ने नेपालका अरु सस्थाहरु मिलेर एक स्वरमा त्यो कुरा लियर सरकारलाई किन बाध्य नपार्ने?