इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्टलाई भ्रष्टाचारमा दोषी ठहर

इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्टलाई भ्रष्टाचारमा दोषी ठहर गरिएको छ। उनलाई इजरायलको एक अदालतले भ्रष्टाचारमा दोषी ठहराएको हो। 
 
सोमबार एक जिल्ला अदालतले उनलाई आठ महिनाको जेल सजाय तोकेको हो।
 
गएको मार्च महिना उनविरुद्ध सो अदालतमा भ्रष्टाचारमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामाथि भएको सुुनुवाइपछि मंगलबार सो अजाय सुनाइएको हो।
 
एहुद अल्मर्टले इजरायलमा सन् २००६ देखि २००९ सम्म प्रधानमन्त्रीका रुपमा काम गरेका थिए। उनी पदमा रहेको बेला भएको भनिएको एक भ्रष्टाचार मुद्दामा उनीमाथि अनुसन्धान सुरु भएको थियो। 
 
उनले अपिल गर्ने भएका छन्। यो जिल्ला अदालतको फैसला भएकोले उनले इजरायलको उच्च अदालतमा अपिल गरेका हुन्।
 
उनका वकिलले पूर्व प्रधानमन्त्री अल्मर्टले अपिल गर्ने जानकारी दिएका छन्। उनलाई यसअघि पनि उक्त भ्रष्टाचारको मुद्दामा दोषी पाइएको भनी दिइएको फैसलाका विरुद्धमा पनि उनले अपिल गरेका थिए। रासस