गिनीमा इबोला भाइरसबाट मारिएका एक जनालाई ट्याक्सीमा राखेर घुमाएको आरोपमा छ जनालाई जेल सजाय

पश्चिम अफ्रिकी मुलुक गिनीमा प्राणघातक इबोला भाइरसबाट मारिएका एक जनालाई ट्याक्सीमा राखेर घुमाएको आरोपमा छ जनालाई जेल सजाय सुनाइएको छ ।
इबोलाबाट मारिएको व्यक्तिको शवलाई लिएर गरिएको यस्तो व्यवहार स्वास्थ्य सेवासंग जोडिएको नियमको उल्लंघन भएको अधिकारीहरुले जनाएका छन् ।
ट्याक्सीमा शव राख्नु अघि उनीहरुले कुनै सावधानी अपनाएका थिएनन् । पक्राउ परेकाहरुमा २१ दिनसम्म इबोला भाइरसको कुनै लक्षण नदेखिएमा त्यसपछि उनीहरुमाथि कारवाही सुरु हुने बताइएको छ ।
उनीहरु सबैलाई छुट्टा छुट्टै राखिएको छ । गिनी इबोला भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक मध्ये एक हो । गिनीमा इबोलाबाट मर्नेको संख्या २५ सय पुगेको छ । – एजेन्सी