त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रो वर्षका परीक्षा जेठ ३१ गतेबाट सञ्चालन हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सोमबार बसेको बैठकले परीक्षा जेठ ३१ गते शुरु गर्ने निर्णय गरेको हो ।
क्यालेन्डर मिचिने भएकाले तत्कालै परीक्षा सुरु गर्नु परेको परिक्षा नियन्त्रक केशव बाँस्तोलाले बताएका छन् ।
बाँस्तोलाका अनुसार शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन संकायका करिब साढे दुई लाख परीक्षार्थीले फारम भरेका छन् ।
जेठ १४ गते शुरु हुने भनिएको परीक्षा बैशाख १२को भूकम्पका कारण स्थगीत भएको थियो । सेतोपाटीमा समाचार छ ।