प्रेमनारायण आचार्य
मैदान, अर्घाखाँची १५ जेठ । नेपाली जनसम्पर्क समिती (भारत) र पिएसएम नेपालको संयुक्त आयोजनामा अर्घाखाँची जिल्लाको मैदान गावीस अमजामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा कतारमा हृदयघात हुन पुगेका अर्घाखाँची मैदान ७ उपल्ला अमजा निवासी काँसीराम वेल्वासेको स्मरणमा आयोजना गरिएको निःशुल्क प्रथामिक स्वास्थ्य शिविर नेपाली जनसम्पर्क समिति स्वस्थ्य विभाग प्रमुख डा.लोकमणी घिमिरेले मेडिकल समवन्धित डाईविटिज चेकअप,पल्मोनरी चेकअप तथा निःशुल्क औषधि वितरण भएको छ ।
समाजमा फैलीदै गएको ह्रदयघात नियन्त्रण गर्ने मुख्य उद्देश्य स्वरुप आयोजना गरिएको यस कार्यक्रममा गाँउवाँसीको उल्लेखनीय उपस्थिती रहेको थियो । चेकअपको क्रममा हड्डी र रक्तचाप समवन्धि समस्या धेरैमा रहेको हुदा स्थानिय स्तरका खाद्य वस्तु सदुपयोग गर्न डाक्टरको सल्लाह रहेको थियो ।
स्वास्थ्य शिविर कार्यक्रमको सभापति इन्द्रकला वेल्वासे र अतिथीहरुमा डिआरजी सुमन, केशव घिमिरे, यमलाल घिमिरे, लक्ष्मी घिमिरे, चन्द्रकला घिमिरे, काँसीराम घिमिरे, धनकला वेल्वासे रहनु भएको थियो ।