विश्वमा प्रत्येक बर्ष सूर्तिजन्य पदार्थको सेवनबाट बर्षेनी ६० लाख मानिसको मृत्यु

काठमाडौं  । सूर्तिजन्य पदार्थको अवैधानिक व्यापार रोकौं भन्ने मूल नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरी विश्व धुम्रपान तथा सूर्ति रहित दिवस मनाइदैछ ।
हरेक वर्ष मे ३१ का दिन यो दिवस मनाउने गरिन्छ ।  यसै अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सूर्तिजन्य पदार्थको सेवनबाट विश्वमा प्रत्येक बर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको र ६ लाख भन्दा वढी व्यक्तिहरु अरुले गरेको धुम्रपानको कारणले ज्यान गुमाउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
यही दर कायम रहे सन् २०३० सम्ममा प्रतिवर्ष ८० लाख मानिसको मृत्यु हुने विश्व संगठनले जनाएको छ । कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले सूर्तिजन्य पदार्थको अवैधानिक व्यापार रोक्नु पर्नेमा जोड दिए । इमेजखबरमा समाचार छ ।