अमेरिकी सुरक्षा निकायले सर्वसाधारणको फोन रेकर्ड गर्न सक्ने सम्बन्धि प्रति-आतंकवादी पेट्रिक कानूनको म्याद आइतबार रातिबाट सकिदैछ ।
अमेरिकी सिनेटमा स्वतन्त्रता सम्बन्धि ऐन संशोधन विधेयकमाथि छलफल चलिरहेकाले फोन रेकर्ड गर्ने प्रावधान तत्कालका लागि हट्न लागेको हो ।
सिनेटमा व्यापक रुपमा फोन डाटा संकलनमा नियन्त्रण गर्ने सम्बन्धि प्रावधानसहितको कानूनमा मतदान हुन अझै केही समय लाग्ने बताइएको छ ।
ह्वाइट हाउसले यसलाई सिनेटको गैरजिम्मेवार कदमको संज्ञा दिएको छ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सुरक्षाको मामिलामा सिनेटरहरुले आफ्नो राजनीतिक उदेश्यलाई टाढा राख्नु पर्ने उल्लेख छ ।
सिनेटमा विधेयकका केही बुँदामा कुरा नमिलेपछि अमेरिकी सुरक्षा निकायले फोन रेकर्ड गर्ने अधिकार केही समयका लागि गुमाएको छ । एजेन्सी