प्रेमनारायण आचार्य
ठाडा, अर्घाखाँची । करिव ६ महिनादेखि बिज्ञान बिषयको शिक्षक नहुँदा आफुहरुको पढाई प्रभावित भएको भन्दै अर्घाखाँची जिल्लाको ठाडा स्थित गौरा मावि रजीयाका बिद्यार्थीले बिद्यालयमा तालाबन्दी गरेका छन ।
निमावि तथा मावि दुबैमा बिज्ञान बिषयको शिक्षक नहुँदा आफुहरुको पढाइ प्रभावित भएको भन्दै गएको आइतबारदेखि बिद्यार्थीले तालाबन्दी गरेका हुन । बिद्यार्थीको तालाबन्दीले बिद्यालयमा पठनपाठन ठप्प भएको छ ।
निमाबी तहको बिज्ञान बिषयको शिक्षक सरुवामा विवाद भएको र माविको बिज्ञान राहत दरबन्दीको परीक्षा हुन नसक्दा शिक्षक नभएको भन्ने गुनासो आएको र तत्काल शिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउन प्रधनाध्यापक र ब्यबस्थापन समितिलाई आग्रह गरिएको जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले बताउनुभयो ।