मलेसियाको बोर्निओ टापुमा ६ म्याग्निच्यूडको भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ ।
मलेसियाको सबैभन्दा अग्लो किनाबालु पहाड नजिक गएको भूकम्पका कारण ८ जना पहिरोमा हराइरहेको मलेसियाको पर्यटन मन्त्रालयले जनाएको छ । करिब ३० सेकेन्डसम्म भूकम्पको कम्पन महसुस गरिएको थियो ।
अमेरिकी भूगर्भ विभागले भूकम्प्को केन्द्रबिन्दू किनबालुबाट ५४ किलोमिटर टाढा १० किलोमिटर गहिराइमा थियो । भूकम्पको समयमा धेरै आरोही किनाबालुको चुुचुरोमा सूर्योदयका लागि पुगेका थिए । खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
४ हजार ९५ मिटर उचाइको किनाबालुको शिखरमा फसेका १ सय ३७ आरोहीलाई भने सुरक्षित रुपमा तल झारिएको छ । मलेसिया भूकम्पीय क्षेत्रमा पर्दैन । त्यहाँ ठूलो भूकम्प जानु दुर्लभ मानिन्छ । (एजेन्सी)