अर्घाखाँची अड्गुरीकी छात्राले बुटवलमा झुण्डिएर आत्महत्या गरिन्, आत्महत्या शंकास्पद

 


बुटवल । अर्घाखाँची जिल्लाको अड्गुरी- ८ कुर घर भई हाल बुटवलमा पढन् बसेकी छात्राले झुण्डिएर आत्महत्या गरेकी छन् । 
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा स्नातक तहमा अध्ययनरत २२ वर्षिया छात्रा राधिका बरम्ले (राधा) आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । 
बुटवल १३ देवीनगर धर्मश्रीपथमा रहेको डेरामा  ढोकाको भित्री हेण्डिलमा चुन्नीको पासो लगाएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए ।
आज बिहान ९ बजेतिर उनी ढोकामा झुण्डिएको देखिएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । 
लुम्बिनी वाणिज्य क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययन गर्दै आएकी राधाको आत्महत्या शंकास्पद देखिन्छ । ३ फिट मात्र उचाईको ढोकाको हेण्डिलमा पासो लगाएको र घुंडाले भुईंमा टेकेको तथा ढोकामा चुक्कल समेत नलगाएको अवस्थामा  भएको मृत्यु शंकास्पद रहेको मृतक राधाकी मिल्ने साथी सावित्रा खनालले बताइन् ।
राधा उक्त डेरामा विगत ३ वर्षदेखि एक्लै बस्दै आएकी थिइन् । राधाले पढाईमा  सधै राम्रो नतिजा ल्याउने र अति मिलनसार रहेको उनकी साथी सावित्रा बताउंछिन् ।  घटनापछि कोठामा खोजतलास गर्दा सोही घरमा बस्ने कालिका उच्च माविमा कक्षा १२ मा अध्ययनरत एक छात्राको फोटो मृतक राधिकाको पर्समा भेटिएको छ । साथै ती विद्यार्थीको कापी,किताबहरु प्नि राधाको डेरामा भेटिएको छ । घटनाको अनुसन्धान शुरु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख केदार पन्तले जानकारी दिए । बुटवलका स्थानिय संचारमाध्यममा समाचार छ ।
 

अन्य समाचारहरु