टर्कीमा १३ वर्षदेखि सत्तामा रहेको एके पार्टीले संसदमा पहिलोपटक बहुमत गुमाएको छ । त्यहाँ भएको संसदीय निर्वाचनमा बहुमतका लागि २७६ सिट आवश्यक पर्नेमा राष्ट्रपति रेचेप तैयप अर्दोगानको एके पार्टीले २५८ सिट मात्रै पाएको हो ।
दुई तिहाइ मत ल्याएर अझै शक्तिशाली शासन चाहेका राष्ट्रपति अर्दोगानलाई मत परिणामले ठूलो झट्का लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्रधानमन्त्री अहमेत दाब्तोलुले जनताको निर्णय सही भएको प्रतिक्रिया दिँदै चुनावी नतिजा स्वीकारेको जनाएका छन् ।
सन् २००३ मा प्रधानमन्त्री हुँदै सत्तामा आएका अर्दोगान गत वर्ष मात्र राष्ट्रपति चुनिएका थिए । संसदीय निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर देशमा राष्ट्रपति शासन लागू गर्ने तयारी अर्दोगानको थियो । भनेजस्तो नभएपनि ४१ प्रतिशत मतका साथ सबैभन्दा ठूलो दल भने एके पार्टी नै भएको छ । उसले अब अल्पमतको सरकार वा अरु दलसँग मिलेर गठबन्धन सरकार बनाउन सक्नेछ ।
निर्वाचनमा गरिएको १० प्रतिशतको