सिमलपानी मुन्द्रेका बासिन्दा सीमित बजेट र घरेलु औजारको प्रयोगबाट बस्तीमा सिँचाइ-पानी पु-याउन सफल

मुक्तिनाथ भुसाल
सिमलपानी, अर्घाखाँची । समाजमा एकता भए असम्भवलाई पनि सम्भव बनाउन सकिने दह्रिलो उदाहरण अर्घाखाँची जिल्लाका सिमलपानीवासीले प्रमाणित गरेका छन् । 
सन्धिखर्क सदरमुकामदेखि करिब ६० किलोमिटर सडकको यात्रामा पुग्न सकिने सो गाविसको वडा नं. १, मुन्द्रेका बासिन्दाले सीमित बजेट र घरेलु औजारको प्रयोगद्वारा आफ्नो बस्तीमा सिँचाइ-पानी पु-याउन सफल भएका हुन् । गाविसबाट प्राप्त जम्मा रु. ४ लाख र बाँकी स्थानीयकै श्रमदानद्वारा मुन्द्रेवास सिँचाइ योजना सम्पन्न भएको बुझिएको छ । आपसी एकता र अदम्य उत्साहका कारण लामो समयदेखि अन्योलमा रहेको सो योजना सफल बनेको र करिब एक सय पचास रोपनी जमिनलाई सिँचाइ सुविधा पु-याएको खुसियाली मुन्द्रेवास सिँचाइ योजनाका अध्यक्ष लोकनाथ खनाल आफ्ना अभिव्यक्तिमार्फत प्रकट गर्छन् ।
मुख्य बाँधदेखि करिब एक किलोमिटर लम्बाइ रहेको मुन्द्रेवास योजनामा दुई सय मिटरभन्दा बढी दूरी अत्यन्तै जोखिमपूर्ण रहेको छ । माथितिर आँखाले देख्नेजति पहाड र तलतिर उर्लिरहेको खोलाको कोखमा रहेको खतरनाक चट्टान पनि स्थानीयको साहस र जाँगरका सामु सामान्य बन्न पुग्यो । घरेलु औजारको प्रयोगद्वारा सुरुङ खनेर जमिनमा पानी पु-याएको यथार्थ त्यहाँको भौगोलिक बनावट हेर्दा अविश्वसनीय प्रतीत हुन्छ । मुन्द्रेवासीलाई गहिरिएर बुझेका जिल्ला प्राविधिक कार्यालय अर्घाखाँचीका सवइन्जिनियर हरि बोहराका अनुसार असम्भवलाई सम्भव बनाउँदै मुन्द्रेवासीले आधुनिक प्रविधिलाई नै चुनौती दिएका छन् ।
जिल्लाको विकट गाविसका रूपमा परिचित सिमलपानीका विकास

अन्य समाचारहरु