अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची जेठ २५ । जिल्लाकै सबै भन्दा पुरानो पाणिनि वहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तरका लागि धार्मिक महत्सव शुरु भएको छ । ३२ गते सम्म चल्ने महोत्सवको पाँच कन्याले दिप प्रज्वलन र १०८ राष्ट्रि शान्ति धार्मिक महोत्सवका संकल्पकर्ता गोविन्द शरण महाराजले पूजा मण्डवमा पूजा गरेर उद्घाटन गरे । सदरमुकाम सन्धिखर्कमा रहेका क्याम्पस सञ्चालनमा निकै समस्या आएपछि धार्मिक महोत्सवको आयोजना गरिएको क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले बताए ।
कलस यात्रामा सरिक हुन तयारी भएर बसेका भक्तजन । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
सबैतिरबाट सहयोगको अपेक्षा गरेका छौं उनले भने, क्याम्पस ढल्नै लाग्ने अवस्था आएपछि धार्मिक महोत्सवको माध्यमबाट सहयोग जुटाउनु प-यो । क्याम्पसले डेढ महिना अघिबाट महोत्सव गर्ने निर्णय गरेर अभियान थालेको थियो । क्याम्पसले ५१ सय कलस बिक्री गर्ने लक्ष्य राखेर गाउँ-गाउँमा शान्ति कलस अभियान एक महिना सम्म सञ्चालन ग-यो । प्रति कलस ११ सयका दरले रसिद कटायो । पूजा गरेका कलस लैजाँदा घरमा सुख, शान्ति र समृद्धि मिल्ने भएकाले यो अभियान थालेको क्याम्पस प्रमुख क्षेत्रीले बताए । होलसेलमा कलस ल्याएर फुटकरमा बिक्री गर्दा महोत्सवलाई फाइदा पुग्ने देखिन्छ । क्याम्पस अहिले विद्यार्थीको शुल्कबाट चलिरहेको छ । २६ जना प्रध्यापक र अन्य ६ जना कर्मचारी गरि ३२ जना क्याम्पसमा कार्यरत छन् । यहाँ प्रमाण पत्र तहको पढाइ बन्द भइसकेको छ । गाउँ गाउँमा क्याम्पस सञ्चालन भएपछि यहाँ प्रमाणपत्र तहको पढाइ बन्द भएको हो । स्नातक तहमा व्यवस्थापन, शिक्षा र मानविकिका कक्षा सञ्चालन हुन्छन् भने स्नातकोत्तरमा नेपाली र स्वास्थ्य विषयको पढाइ हुने गरेको छ ।
पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उद्घाटन गर्दै पञ्चकन्या । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
विद्यार्थीबाट लिएको शुल्कबाट शिक्षकलाई तलव खुवाउन समेत मुस्किल परेको प्रध्यापक दोर्ण प्रसाद भुसालले बताए । रकम अभावका कारण निर्माणधिन भवन समेत अलपत्र परेको छ उनले भने, शैक्षिक, भौतिक दुबै क्षेत्रलाई मजवुत बनाउन महोत्सवको विकल्प देखेनौं । महोत्सव मूल आयोजक समितिका अध्यक्ष कमल प्रसाद भुसालले शिक्षा क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा सबैको सहयोग मिल्ने विश्वास लिएको बताए । सबैले मन फुकाएर आर्थिक सहयोग गर्नुपर्ने स्थिति आएको छ उनले भने, सबैको सहयोग रह्यो भने क्याम्पस बच्ने निश्चित छ । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका भुसालले सबै दल एक भएर महोत्सवको आयोजना गरिएकाले सोँचे अनुरुपकै फल मिल्ने बताए ।
यात्रामा सहभागी भक्तजन । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले महोत्सवबाट धर्म मिल्नुका साथै क्याम्पसको गुणस्तरमा पनि वृद्धि आउने भएकाले यसलाई शौभाग्यका रुपमा लिनुपर्ने बताए । महोत्सवको सबैले भरपुर उपयोग गर्नुपर्छ उनले भने । सोमवार महोत्सव उद्घाटन गर्नु अघि जिल्ला सदरमुकाम सन्धिखर्कमा कलस यात्रा गरिएको थियो कलस यात्रामा करिव ५१ सय कलस यात्री सहभागि थिए । ११ बजे सुरु भएको कलस यात्रा बजार परिक्रमा गरि सभामा परिणत भएको थियो ।
भजनमा नाच्दै भक्तजन । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
प्रचण्ड गर्मीमा पनि उत्साह पूर्वक भक्तजन यात्रामा सहभागि थिए । कलस यात्रीलाई बाल्टीन र गार्गीमा राखेर बजारबासीले पानी खुवाएका थिए । महोत्सवमा बाचक गोविन्द शरण महाराज सहित अन्य कलाकारको टोलीले दर्शकलाई भजनमार्फत निकै मनोरञ्जन दिलाए । भोकभोकै कलस यात्रामा सरिक भएका महिलाहरु पनि कलाकारको प्रस्तुतीमा छमछमी नाचे । महोत्सवमा विवाह, व्रतवन्ध, रुद्री, चौरासी पूजा, गौदान लगायतका धार्मिक कर्मकाण्ड गर्न सकिने आयोजकले जनाएको छ ।
कथा सुनाउदै गोविन्द शरण महाराज । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
यात्रामा सहभागी भक्तजन । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम
पूजा मण्डवमा पूजा गरे उद्घाटन गर्दै गोविन्द शरण महाराज । तस्बिर: अर्जुन भुसाल, अर्घाखाँचीडट्कम