अर्घाखाँचीको जिल्ला प्रशासन कार्यालय भवन ।
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । गृह मन्त्रालयले अर्घाखाँची जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार अर्घाखाँचीमा सुरेन्द्र पौडेललाई नयाँ सिडिओ बनाइएको छ।
सुरेन्द्र पौडेललाई गृह मन्त्रालयबाट अर्घाखाँचीमा सरुवा गरेको हो ।
उता यसअघिका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई गृह मन्त्रालयमा उपसचिव पदमा सरुवा गरेको छ ।