भारतको आसाममा भारी वर्षासँगै आएको बाढीले तीन लाख मानिस प्रभावित भएका छन् । बाढीका कारण आसामको १५ ओटा जिल्ला प्रभावित भएका छन् भने सात सयओटा गाउँ डुबेका छन् ।
असामको प्रख्यात ब्रम्हपुत्र र जिया भराली नदीको बहाव बढेकोले खतराको संकेतस्वरुप रातो झन्डा गाडिएको छ ।
बाढीले आसाम प्रभावित भएपछि आपतकालीन बैठक बसेको छ । बैठकले प्रभावित इलाकामा राहत र उद्धार कार्यलाई तीव्रता दिन केन्द्रीय सरकारलाई अनुरोध गरेको छ ।
यता, भारतीय मौसमविद्हरुले मनसुनको प्रभावले बाढी आएको र आगामी केहीदिन आसाम, अरुणाचल प्रदेश, मेघालय र नागाल्यान्डमा भारी वर्षा जारी रहने जनाएका छन् ।
यसैबीच, बाढी प्रभावितहरुलाई अस्थायी बसोबासको व्यवस्था र खाद्यान्न वितरण गरिएको आसाम सरकारले जनाएको छ । (एजेन्सी)