वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । सदरमुकाममा रहेको एक मात्र पाणिनि क्याम्पस जिल्लाकै धरोहरको रुपमा रहको छ । सानो रकम शिक्षा क्षेत्रमा दान दिए भावी सन्ततीको लागि पढने थलो हुने र पुण्य कमाईले भएकाले दान गर्नेको संख्या बढेको छ । सन्धिखर्क टुडिखेलमा महोत्सव सोमबारदेखी चलिरहेको छ । क्याम्पसलाई ढल्न नदिनको लागि आफुसक्दो सहयोग गर्न आयोजकले सबैसँग आग्रह गरेको छ ।
सामुदायिक क्याम्पस भएकाले समुदायले नै संरक्षण गर्नु सबैको दायित्व पनि हो । क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्न भन्दै महोत्सवको लागि जिल्ला स्थित काग्रेस सभापति कमलप्रसाद भुसाल, प्रभावशाली नेता विष्णु मुस्कान, सचिव वासुदेव आचार्य, लोकेन्द्र विक, सदस्य कृष्ण खनाल, एमाले कावा अध्यक्ष जीवनारायण कोईराला, सचिव रामबहादुर चौहान, उप-सचिव प्रेमनारायण गैरे एमाओवादी अध्यक्ष चन्द्रबहादुर खड्का, सचिव ठाकुर कुमार विक, कोषाध्यक्ष छामकुमारी खनाल, रामबहादुर रायमाझी, राजमो केन्द्रिय सदस्य सागर केसी, जिल्ला अध्यक्ष झविलाल थापा, राप्रपा अध्यक्ष देवीबहादुर खड्का, जनमुक्तिका नेता टोपबहादुर बलाल लगायत सबैपाटीका नेता सक्रिय छन । उनीहरुले आफना सदस्यलाई परिचालन गरेका छन ।
पाणिनि बहुमुखी क्याम्पसको भौतिक तथा शैक्षिक सुधारका लागि शुरु गारिएको महायज्ञबाट डेढ करोड रुपैया उठेको छ । क्याम्पस ढल्नै लाग्ने अवस्था बन्द हुनबाट जोगाउन महायज्ञ सञ्चालन गरिएको हो ।
अर्घाखाची पाणिनि धार्मिक महोत्सवमा विभिन्न व्यक्तिले सहयोगी हात अगाडी बढाएका छन । महायज्ञमा १०८ राष्ट शान्ति महायज्ञका संकल्पकर्ता अन्तराष्टिय कथावाचक श्री गोविन्द शरण ज्यु महाराजबाट कथावाचन गरेका छन । दानबाट उठेको रकमले क्याम्पसको भवन, पुस्तकालय निर्माणका साथै शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले बताए । सबैकुराले क्याम्पसको अवस्था संकटपुर्ण भएपछि यसलाई जोगाउन महायज्ञ गर्नुपरेको उनले बताए । महायज्ञमा क्याम्पसमै अध्ययनरत प्राध्यापकले नै दान गरे । त्यसपछि सहयोगी हात बढदै गएका छन । क्षेत्री सहित बुद्धिराम भुसाल, बाबुराम शर्मा, विजय कुमार खत्री, रामलाल भुसाल, माधवराज चुदाली, उत्तममणि मिश्र, ठाकुर श्रेष्ठ, बुद्धि मिश्र लागयतले ५१ हजार १ सय ११ रुपैया दान दिए । जसबाट ४ लाख ५९ हजार ९ सय ९६ रुपैया उठेको छ । त्यस्तै क्याम्पसकै मञ्जु घिमिरे, लक्ष्मी खड्का लगायतले २५ हजार ५ सय ५ रुपैया उठाए । त्यसबाट ३ लाख ५२ हजार ३२ रुपैया उठेको छ ।
विभिन्न दाताले चन्दा दिने क्रम जारी छ । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, उनका वुवा नन्दलाल, काग्रेस नेता हुमप्रसाद बञ्जाडे, चुत्रावेशीका व्यापारी दुर्गा प्रसाद श्रेष्ठ, रेडियो देउरालीका अध्यक्ष देवराज श्रेष्ठले एक-एक लाख रुपैया दान दिए । हललाईनकी चित्रकला खनालले ५० हजार रुपैया दिईन । क्याम्पसको भवन निर्माणको लागि जिविसले ३५ लाख र सन्धिखर्क नगरपालिकाले ३२ लाख रुपैया दिने घोषणा गरेका छन । अन्य व्यक्तिले पनि सहयोग गरिरहेका छन । क्याम्पसमा २६ जना प्रध्यापक र ६ जना कर्मचारी कार्यरत छन । स्नाकोत्तरसम्म पढाई हुन्छ । महायज्ञमा सयौको सहभागीता छ । क्याम्पसको लागि ५ करोड रुपैया उठाउने लक्ष्य रहेको छ र विभिन्न व्यक्ति, विदेशमा रहेका प्रवासी नेपालीलाई सहयोग गर्न अनुरोध गरिएको महोत्सव मुल समारोह समितिका संयोजक एवं काग्रेस सभापति कमलप्रसाद भुसालले बताए । सदरमुकाममा रहेको क्याम्पसलाई जोगाउन सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।