अफगानिस्तानको हेलमन्द प्रान्तमा तालिबान लडाकूले गरेको आक्रमणमा २० भन्दा बढी प्रहरी मारिएका छन् ।
लडाकूले दूर्गम मूसा काला जिल्लास्थित प्रहरीचौकीमा आक्रमण गरेका थिए । प्रहरीको हत्या पछि तालिबानले उनीहरुका हातहतियार पनि लगेका छन् ।
संघर्षमा तालिबानतर्फ पनि क्षति पुगेको स्थानीय अधिकारीहरुको दाबी छ ।
तालिबानको बलियो पकड रहेको हेलमन्द प्रान्तमा सुरक्षा कारबाही तीव्र पारेपछि तालिबान थप आक्रामक बनेको छ । (एजेन्सी)