इस्लामिक आतंकवादी समूह आइएसले कब्जामा लिएको टर्कीको सीमासँग जोडिएको मूख्य शहर तल अबयाद सिरियास्थित कुर्द लडाकुले फेरि आफ्नो नियन्त्रणमा लिएका छन् ।
केही समय पहिले आइएसले शहर कब्जामा लिई विभिन्न आतंकवादी गतिविधि गर्दै आएकोमा आइएस लडाकू उक्त शहर छाडी भागेका छन् ।
कुर्दीस सेनाले आइएसबिरुद्ध केही महिनादेखि चालेको कदमले सफलता पाउँदै गएको छ ।
अबयाद शहरबाट लखेटेपछि कुर्दिस सेना अब आइएसको अर्को गढ रक्का शहरतर्फ लागेको छ ।
तल अबयादमा आइएस र सरकारी सेनाबीचको भिडन्तका कारण हजारौं टर्किस नागरिक देश छाडी अन्यत्र पलायन भएका थिए ।
अन्तर्राष्ट्रिय गठबन्धन सेनाले गरेको कारबाहीका कारण पछिल्लो समय इराक र सिरियामा आइएसको पकड खुकुलो हुँदै गएको बताइएको छ । -एजेन्सी