उत्तर कोरियाले यो शताब्दीकै सबैभन्दा ठूलो खडेरीको सामना गरेको छ । चर्को खडेरीका कारण खाद्यान्न उत्पादनमा प्रत्यक्ष असर पर्ने भएको छ ।
उत्तर कोरियाको सरकारी सन्चारमाध्यम केसीएनएले धान उत्पादन हुने मुख्य प्रान्तहरु खडेरीले बढी प्रभावित भएको जनाएको छ । गत वर्षमात्र उत्तर कोरियामा ३० वर्षयताकै कम पानी परेको थियो ।
सन् १९९० को भोकमरीका कारण उत्तर कोरियामा हजारौंको मृत्यु भएको अनुमान गरिन्छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार उत्तर कोरियाले नियमितजसो खाद्यान्नको खंकट भोगिरहेको छ भने तीनमध्ये एकजना बालबालिकाकाको कुपोषणका कारण मृत्यु हुने गरेको छ । (एजेन्सी)