ठाडा, अर्घाखाँची । जिल्ला बिकास समिति अर्घाखाँचीको आयोजना र युनएफपिए को सहयोगमा आज इलाका न ६ को इलाका स्तरीय युबा सन्जालका लागि तत्थ्यमा आधारित योजना तर्जुमा सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम ठाडामा सम्पन्न भएको छ ।
कार्यक्रममा इलाका न ६ अन्तरगतका ठाडा, सितापुर, सुबर्णखाल र सिमलपानीका ४० युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिबिस अर्घाखाँचीका योजना अधिकृत हरिश चन्द्र भुसालले सहभागीतात्मक योजना तर्जुमा गर्दा युवाहरुले खेल्नुपर्ने भूमिकाको बिषयमा चर्चा गर्नुभएको थियोे भने युनएफपिएका कर्णबहादुर नेपालीले युवाहरुले प्रमाणमा आधारित वकालत गर्दा ध्यान दिनुपर्ने कुराका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला युवा सन्जालका अध्यक्ष मनिष सिंह को अध्यक्षता र तारापती क्षेत्री को सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।